गाेरखा । गाेरखाकाे बारपाक सुलिकाेट गाउँपालिकाले बीमा कार्डकाे प्रतिलिपि निकाल्दा २०० रुपैयाँ लिएकाे छ ।
निशुल्क पाउनुपर्ने बीमा कार्डकाे प्रतिलिपी गाेरखाकाे बारपाक सुलिकाेट गाउँपालिकाले भने २०० रुपैयाँ दस्तुर तिराएर प्रतिलिपि दिन सिफारिस गरेकाे छ । स्थानीय तहमा कर तथा दस्तुरमा मनाेमानी रकम लिइएकाे याे एक उदाहरण हाे। उक्त गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले अनलाइन पानासँग स्वास्थ्य बीमा कार्ड हराएमा निशुल्क पाउने र वडाले कुनै पैसा लिन नमिल्ने व्यवस्था रहेकाे बताए ।
वडा नम्बर ३ का अध्यक्ष बलबहादुर गुरुङकाे हस्तक्षर रहेकाे उक्त सिफारिस पत्र दिएकाे भन्दै दुई सय रुपैयाँ नगद सेवा दस्तुरबापत लिइएकाे बील भने अनलाइनपानाले प्राप्त गरेकाे छ । गाउँपालिका अध्यक्ष भट्टले भने उक्त रकम फिर्ता गर्न भनिएकाे बताए । अध्यक्षले वडाले गल्ती गरेकाे र गल्ती सुधार्न लगाइएकाे अनलाइनपानालाई बताए । अध्यक्ष भट्टले यस्ताे काम गर्न नदिन आफू सचेत रहेकाे पनि प्रतिवद्वता जायर गरे ।















प्रतिक्रिया