Logo

समाचार

विकास आयोजना बुझ्न सभामुख झापामा



बिर्तामोड । सभामुख देवराज घिमिरे संसद् स्थगित भएको समयमा आफ्नो निर्वाचन क्षेत्रका विकास आयोजनाका अवस्था बुझ्न सोमबार झापा पुगेका छन् ।

झापा क्षेत्र नम्बर २ बाट निर्वाचित घिमिरेले तीन दिन बिर्तामोडमै रहेर क्षेत्रमा सञ्चालित विकास आयोजनाको अवलोकन निरीक्षण, निर्वाचन क्षेत्रका जनतासँग अन्तर्क्रिया, छलफल कार्यक्रममा सहभागी हुने तयारी गरेका छन् । सभामुखको सचिवालयका अनुसार उनले मुक्तिचोक शनिश्चरे जयपुर सडक अवलोकन, भूमिहीनसँग छलफल, बिर्ता–भद्रपुर सडक, बिरिङ प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ ।

सभामुख घिमिरेले बिर्तामोडमा सोमबार साँझ भएको पत्रकार सम्मेलनमा आफ्नो झापा बसाइ पूर्णरुपमा विकास काममा केन्द्रित भएको बताए । ‘यसपटक विकास आयोजनाको निरीक्षण र कतिपय आयोजना सञ्चालन गर्न काठमाडौंमा गरेका छलफलको फलोअप गर्न आएको छु,’ उनले भने, ‘निर्वाचन क्षेत्रका आयोजनामा मेरो निरन्तर निगरानी रहन्छ ।’

विगतमा झापा क्षेत्र नम्बर २ मा उल्लेख्य योजनाहरु आएको बताउँदै सभामुख घिमिरेले क्षेत्रभित्रका सबै स्थानीय तहका जनप्रतिनिधिसँग अलग अलग छलफल गर्ने जानकारी दिए ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलवार ११:३४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।