काठमाडौं । फुटपाथ व्यवसायीलाई अमानवीय तरिकाले हटाइएको विरोधमा उभिएर विरोध जनाएरहेका अभियन्ता ईःलाई भेट्न काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोल पुगेकी छन् ।
मंगलबार बिहान ईः लगायतका अभियन्तालाई भेट्न राष्ट्रिय सभागृहको गेटमा पुगेकी उनले करुणादायी सरकारको अवधारणाप्रति आफू प्रतिवद्ध रहेको बताइन् । ‘फुटपाथबाट विस्थापित भएकाहरुलाई वैकल्पिक व्यवस्थासम्बन्धी नीति बनाउन प्रतिवद्ध छ’ आफ्नो अधिकार सीमित रहेको भन्दै उनले अघि भनिन्, ‘आफ्नो ठाउँबाट पहल गर्छु ।’
काठमाडौं महानगरपालिकाले चुनावी बाचा विपरीत वैकल्पिक व्यवस्था विना नै फुटपाथ व्यवसायीहरुलाई हटाएको विरोधमा ईः १८८ घन्टादेखि राष्ट्रियसभा गृह अगाडि उभिइरहेका छन् । लगातार उभिदा ईःको खुट्टा सुन्निएका छन् ।















प्रतिक्रिया