Logo

समाचार

जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ



काठमाडौंशंखरापुर नगरपालिका-२ लप्सीफेदी बस्ने ६५ वर्षीय मोहन गुरुङको टिनको टहरामा ओखर (जुवा) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय रोहन गुरुङ समेत १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साखुँबाट खटिएको प्रहरीले उनीहरूलाई ९ वटा ओखर (जुवा), नगद ३७ हजार १ सय ५ रुपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार १६:०४   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।