Logo

राेजगार

एनएस युनिसेक्स सालोनमा कामना बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट



काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले एनएस युनिसेक्स सालोनमा कपाल काट्दा र ‘स्ट्रेट’ गर्दा बीस प्रतिशतसम्म छुट हुने व्यवस्था बैंकले जनाएको छ ।

बैंकले एनएस युनिसेक्स सालोनसँग सम्झौता गर्दै आफ्ना ग्राहकलाई छुट दिने व्यवस्था गरेको हो । बैंक र एनएस युनिसेक्स सालोनबीच आज मर्चेन्ट सम्झौता सम्पन्न भएको हो ।

रुपन्देही नगरपालिका –०७ देवदहमा रहेको एनएस युनिसेक्स सालोनमा कपाल काट्दा र ‘स्ट्रेट’ गर्दा २० प्रतिशत छुट र अन्य सेवामा १० प्रतिशत छुट प्राप्त प्राप्त गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार १८:३५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।