काठमाडौं । नौ दिनदेखि आन्दोलित सामाजिक अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच सहमति जुटेकाे छ । जवाफदेहीताको माग राखेर आन्दाेलनमा रहेका ई: सँग नौ दिनकाे दिन सहमति भएकाे हाे ।
सहमतिसँगै नाैं दिनसम्म उभिएर आन्दोलन गरेका उनले आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सहमतिअनुसार कानूनले निषेध गरेका स्थानबाहेक अन्यत्रका उपयुक्त स्थलहरू पहिचान गरेर फुटपाथ र सार्वजनिक स्थलमा व्यापार व्यवसाय गर्न महानगरले एक हप्ताभित्र पहल गर्ने छ ।
काठमाडौं महानगरपालिकाको तर्फबाट चिनीकाजी महर्जन र धिरज जोशी तथा अभियानकर्ताको तर्फबाट ईः ले हस्ताक्षर गरेका छन् ।















प्रतिक्रिया