Logo

प्रमुख समाचार

सर्लाहीमा जलाउन लागेको अवस्थामा युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ



काठमाडौं ।  प्रहरीले सर्लाहीको रामनगरमा जलाउन लागेको अवस्थामा युवतीको शव बरामद गरेको छ । रामनगर गाउँपालिका–१ खैर्वाका सुनिल शाहकी पत्नी २१ वर्षीया मनिषा शाहको शव अनुसन्धानका लागी नियन्त्रणमा लिइएको जिप्रका सर्लाहीका प्रवक्ता (डिएसपी) दीपेन्द्र पंजियारले जानकारी दिए ।

घटना शंकास्पद देखिएपछि घाटबाटै प्रहरीले युवतीका पतिसहित परिवारका तीन जना सदस्यलाई पनि नियन्त्रणमा लिएको छ ।

पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी पंजियारले बताए ।

परिवारका सदस्यले छारे रोगकी बिरामी मनिषाले आत्महत्या गरेको दाबी गरेका छन् । डिएसपी पंजियारका अनुसार पासो लागेर आत्महत्या गरेको जस्तो देखिएको छ र संकलित प्रमाणको आधारमा घटनाको अनुसन्धान भइरहेको बताए । थप कुरा पोस्टमार्टमपश्चात खुल्ने उनले बताए ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार १२:५७   :  बजे

168
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।