Logo

समाचार

एलिकाको दसैँ तिहार अफर सार्वजनिक



काठमाडौं ।  नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको ई.ओ.एल. प्रा. लिले यसपालिको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

दशैं र तिहारलाई लक्षित गर्दै “दशैं तिहारमा, उपहार साथमा” भन्ने नारासहित अफर ल्याइएको हो । जसअन्तर्गत एलिकाको कुनै पनि सामानको (चिम्नी, कुक टप, हब, कुकिङ्ग रेञ्ज, बिल्ट–इन ओभन, बिल्ट–इन मिक्रो वेभ ओभन) खरिदमा सि. जी. ब्रान्डको भ्याकुम फ्लास्क उपहार स्वरूप प्रदान गरिएको छ ।

यो ग्राहक योजना भाद्र २८ देखि नेपालभरि सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ ।

एलिका १९७० मा स्थापित एक इटालियन कम्पनी हो । जसले किचन हुड, इन्डक्शन हब र बोइलर डिजाइन र निर्माण गर्दछ । आज कम्पनीको विश्वभर इटाली, पोल्याण्ड, मेक्सिको, भारत र चीनमा सातवटा प्लान्टहरू छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार १४:१३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।