काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलास पर्वत र मानसरोवर पुगेका छन् ।
चीनको औपचारिक भ्रमणमा रहेका उनी आज ल्हासास्थित गंगा विमानस्थलबाट तिब्बत एयरलाइन्सबाट कैलास पर्वतका लागि उडेका थिए ।
प्रधानमन्त्री प्रचण्ड बुधबार चीनको बेजिङबाट तिब्बत आएका थिए । उनीसँगै रहेका भ्रमण दलका सदस्य पनि कैलास पर्वत पुगेका छन् ।
ल्हासामा रहँदा उनले द्विपक्षीय भेटघाट गर्नुका साथै त्यहाँको पोतला दरबार र ऐतिहासिक मन्दिरको अवलोकन गरेका थिए । प्रधानमन्त्री प्रचण्ड गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन् ।
प्रतिक्रिया