Logo

समाचार

विकास गर्न शासक इमान्दार हुनुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की



काठमाडाैं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मुलुकको विकास गर्नका लागि शासक इमान्दार हुनुपर्नेमा बताएकी छन् । हिमालय मातृभूमि फाउन्डेसनद्वारा आज आयोजित ‘सुशासन, विकास र समृद्धि लागि राष्ट्रिय अभियान–२०८०’ कार्यक्रममा उनले मुलुकमा सुशासन, विकास र समृद्धिका लागि शासक इमानदार हुनुपर्ने बताइन् ।

“वर्तमान सरकारको शासनशैली जनतालाई मन परेको छैन, किनभने इमान्दारिता छैन । सुशासन, विकास र समृद्धिका लागि शासन इमानदार हुनैपर्छ । धेरै बिग्रेको सुधार हुनका लागि समय लाग्ने भएकाले आशावादी हुन आग्रह गर्दै उनले भनिन्, “यही देशको माटोको विकास गर्नुपर्छ, अरूको देशमा जानु भनेको हराउनु हो ।”

कार्कीले देशमा भ्रष्टाचारले जरो गाँडेको उल्लेख त्यसको अन्त्यका लागि दबाब समूह जरुरी भएको बताइन् । प्याव्सन कार्यसमिति अध्यक्ष डिके ढुङ्गानाले मुलुकको विकासका लागि राजनीतिक स्थायित्व र सुशासन जरुरी भएको आवश्यकता औँल्याउँदै त्यसका लागि सबैको इमानदारपूर्वक काम गर्नुपर्ने बताइन् ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार १९:४६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।