Logo

प्रमुख समाचार

अरनिको यातायातले जडिबुटीमा बनाएको बसपार्क नभत्काउन अदालतको अल्पकालीन आदेश



काठमाडाैं । उच्च अदालत पाटनले अरनिको यातायात प्राइभेट लिमिटेडले जडिबुटीमा बनाएको बसपार्क नभत्काउन अल्पकालीन आदेश दिएको छ।

शुक्रबार न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले उक्त बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको उच्च अदालत पाटनका प्रवक्ता प्रेम खड्काले जानकारी दिए।

आगामी पेशी २१ गतेलाई तोकिएको उनले बताए। अरनिको यातायात प्राइभेट लिमिटेडले बनाएको बसपार्क सञ्चालनका लागि काठमाडौं महानगरसहित विभिन्न निकायबाट अनुमति नदिइएकाे बताइएकाे छ। झन्डै १० करोड खर्चेर काठमाडौंको जडीबुटीमा बनाइएको सुविधासम्पन्न बसपार्क कामनपाबाट सञ्चालनकाे अनुमति नभएपछि अलपत्र भएकाे छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार १७:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।