Logo

समाचार

मनकामना केवलकार दुई दिन बन्द हुने



काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ ।

यही असोज १७ गते बुधबार र १८ गते बिहिबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।

नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्‍टुरेण्ट भने नियमित सञ्चालनमा रहनेछ ।

केबलकारको नियमित सेवा २०८० असोज १९ गते शुक्रबार देखि पुन: सञ्चालनमा आउने छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आईतवार १७:२१   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।