काठमाडौं । काठमाडौं महानगरपालिका–९ गौसलास्थित पिंगलास्थानमा एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ । डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविरलाई अपरिचित व्यक्तिले चक्कु प्रहार गरेर भागेका हुन् ।
घटनास्थलमा एकथान कटुवा पेस्तोल र गोली पनि फेला परेको छ । घटनास्थलमा गोली भने चलेको पुष्टि नभएको प्रहरीले बताएको छ ।
घाइते सविर हुसेनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको छ । आक्रमणकारीको साथमा रहेको पेस्तोल घटनास्थमा खसेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
प्रतिक्रिया