काठमाडौं । इन्द्रजात्रा हेर्न गएका एक युवकको धारिलो हतियार प्रहारबाट हत्या भएको छ । गएराति जात्रा हेर्न गएका ओखलढुंगाको लिखु-४ का १७ वर्षीय शनी कार्कीको हत्या भएको हो ।
उनको छातीमा धारिलो हतियार प्रहार भएको थियो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमुद ढुंगेलले जानकारी दिए । शुरुमा ट्रमा सेन्टरमा भर्ना गरिएको र त्यहाँबाट उनलाई शिक्षण अस्पतालमा रिफर गरिएको थियो ।
प्रहरीका अनुसार कार्कीमाथि आक्रमणको कारण खुलेको छैन । घटनामा संलग्न भएको भन्दै प्रहरीले शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि अनुसन्धान जारी रहेको एसपी ढुंगेलले जानकारी दिए ।
प्रतिक्रिया