Logo

समाचार

विद्रोहीको हमलामा परी इजरायलमा नौ नेपाली घाइते, दुईको अवस्था गम्भीर



काठमाडौं । सरकारले इजरायलमा हमास विद्रोहीहरुको हमलामा परी नौ नेपाली घाइते भएका जनाएकाे छ । परराष्ट्र मन्त्रालयका अनुसार घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ ।

 

शनिबार मन्त्रालयमा आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले यसको पुष्टि गरेको हो । ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलाइएको छैन ।

मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाएको छ ।

प्रकाशित मिति : आश्विन २०, २०८० शनिबार  ९ : ४४ बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।