Logo

अन्तर्राष्ट्रिय

हमासको आतंकवादी हमलामा परी ७ जना नेपालीको मृत्यु



काठमाडौं । इजरायलमा हमास समूहले गरेको आतंकवादी हमलामा परि ७ जना नेपालीको मृत्यु भएको छ ।

इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिममा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी ७ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका पूर्वअध्यक्ष दीपक ओलीले जानकारी दिए ।

‘७ जना घाइते नेपालीको मृत्यु भएको भनेर सोसियल वेलफेयरले घोषणा गरेको छ । हामी अहिले घटनास्थलमा जाने प्रयासमा रहेका छौँ।’, सोसियल वेलफेयरलाई उदृद्ध गर्दै उनले भने ।

घटनामा थप केही नेपाली हताहतीको आशंका गरिएपनि अहिलेसम्म पुष्टि हुन सकेको छैन । नेपाली दूतावास इजरायलले पनि घाइते भएका १२ जना नेपाली अहिले आफूहरुको सम्पर्कमा नरहेको जनाएको छ ।

यद्यपि मृत्युबारे दूतावासले औपचारिक जानकारी नआएको भन्दै पुष्टि गरेको छैन ।

प्रकाशित मिति : आश्विन २१, २०८० आईतबार  ५ : १३ बजे

1.413k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।