Logo

अन्तर्राष्ट्रिय

इजरायलमा ज्यान गुमाएका नेपालीको शव ल्याउने तयारी



काठमाडौं । इजरायलमा हमास समूहको आक्रमणमा परेर ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याउन सरकारले तयारी थालेको छ ।

इजरायलमा अहिलेसम्म १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली राजदूतावास तेल अभिभ, इजरायलबाट प्राप्त पछिल्लो जानकारी अनुसार इजरायलको गाजासँगको सीमाना लगायतका क्षेत्रमा भएको पछिल्लो आक्रमणमा परी १० जना नेपाली नागरिकहरुले ज्यान गुमाएका, एक जना सम्पर्क विहिन रहेका र केही घाइते अवस्थामा रहेका पुष्टि भएको छ। मृतकहरुको शव पहिचानको गर्ने कार्य अन्तिम चरणमा रहेको दूतावासले जनाएको छ ।

मृतकहरुको शव पहिचान गरी नेपाल ल्याउन एवं घाइतेहरुको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : आश्विन २२, २०८० सोमबार  ८ : ४२ बजे

225
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।