Logo

अन्तर्राष्ट्रिय

हमास–इजरायल युद्धमा ४ अमेरिकी नागरिक मारिएको पुष्टी



गाजा । इजरायल र हमासबीच जारी युद्धका कारण अहिलेसम्म सयौंको ज्यान गइसकेको छ ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार यस युद्धमा अहिलेसम्म १ हजार भन्दा बढीको ज्यान गएको छ भने हजारौं घाइते भएका छन् ।

गत शनिबार देखि सुरु भएको युद्धमा सयौं अपहरणमा परेका छन् ।

यसैबिच, सीएनएनमा उल्लेख भएको समाचार अनुसार इजरायलमा भएको आक्रमणमा परी ४ अमेरिकी नागरिकले पनि ज्यान गुमाएका छन् ।

अमेरिकी कांग्रेसमा उक्त जानकारी दिइएको हो । युद्धमा ज्यान गुमाउने अमेरिकीहरुको संख्या अझै बढ्ने अनुमान गरिएकाे छ । तथ्यांक संकलन गर्ने कार्य जारी रहेको जनाइएकाे छ ।

प्रकाशित मिति : आश्विन २२, २०८० सोमबार  ८ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।