Logo

समाचार

इजरायलमा रहेका नेपालीको उद्धार गर्न कांग्रेस नेता कोइरालाको आग्रह



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी निधन भएका नेपालीहरूको शव यथाशक्य छिटो नेपाल ल्याउने प्रबन्ध गर्न सरकारसँग आग्रह गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले घटनामा घाइतेहरूको यथाशीघ्र उद्धार गरी सुरक्षित स्थानमा उपचारको व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् ।

नेता कोइरालाले हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारमा गहिरो समवेदनासमेत व्यक्त गरेका छन् । हमासले गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका छन् भने एकजना बेपत्ता र चारजना घाइते छन् ।

प्रकाशित मिति : आश्विन २२, २०८० सोमबार  १० : ५३ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।