Logo

अन्तर्राष्ट्रिय

इजरायलको बङ्करबाट प्रधानमन्त्रीलाई पत्र : दुई देशको लडाइँमा परेर मर्न चाहन्नौं, आफ्नै देशमा फर्काइदिनुस्



काठमाडौं । इजरायल-प्यालेस्टाइन युद्धमा परी १० जना नेपालीले ज्यान गुमाइसकेका छन् ।

कृषि विश्वविद्यालयबाट गएका विद्यार्थी तथा जिटुजीबाट गएका कामदार नेपालीहरू कोही बङ्करभित्र भोक भोकै छन् भने कोही उद्धारको प्रार्थना गरिरहेका छन् ।

त्यस्तै प्रार्थना गर्नेमध्येका एक विद्यार्थी सुरज भण्डारीले इजरायलको बङ्करबाट प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पत्र पठाएका छन् ।

आफ्नो अभिभावक सरकारबाट के हुन्छ भनेर पर्खेर बसेका ३ हजारभन्दा बढी नेपालीको प्रतिनिधित्व गर्दै उनले पठाएको पत्र आफैँमा दर्दनाक छ ।

उनले आफूहरू दुई देशको लडाइँमा परेर मर्न मन छैन र आत्मबल घट्दै गएको भन्दै देश फर्काइदिन आग्रह गरेका छन् । अन्नपूर्ण गाउँपालिका–२ कास्कीका भण्डारी कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट पढ्नका लागि इजरायल गएको एक वर्ष पनि पुगेको छैन ।

यस्तो छ पत्र :

प्रकाशित मिति : आश्विन २२, २०८० सोमबार  १२ : ०० बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।