काठमाडौं । संसारका १४ अग्ला हिमालमध्ये चीनको तिब्बतमा रहेको १४ औँ अग्लो शिसापाङ हिमालमा गएको हिम पहिरोमा परि विश्व कीर्तिमानी आरोही तेन्जेन शेर्पा बेपत्ता भएका छन् । गत शनिवार गएको हिम पहिरोमा उनीसँगै अर्का आरोही अमेरिकी नागरिक गिना मारी पनि बेपत्ता भएकी छिन् । ८ हजार मिटर माथिका १४ वटा हिमाल सबैभन्दा छिटो आरोहण गरेर निर्मल पुर्जाले कीर्तिमानी बनाएका थिए ।
सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्धारा जारी विज्ञप्ति पनि तेन्जेन हिम पहिरोमा परि बेपत्ता भएको जनाइएको छ ।
गत शनिवार गएको हिम पहिरोमा आरोही गाइड मिङमार शेर्पा र अमेरिकी नागरिक अन्ना गुटु पनि हिम पहिरोमा बेपत्ता भएका थिए । सोही दिन दुवै जनाको शव भेटिएको जानकारी मन्त्रालयका प्रवक्ता एवं सहसचिव हेमराज तामाङले दिए ।
उनका अनुसार तेन्जेनसँगै पर्वतारोही अमेरिकी नागरिक गिना मारी पनि बेपत्ता भएकी छिन् । त्यस्तै आरोही गाइड कर्मा ग्याल्जेन शेर्पा, मित्रबहादुर तामाङ र कामीरिता शेर्पा गम्भीर घाइतेका रूपमा भेटिएको मन्त्रालयले जनाएको छ ।
सहसचिव तामाङका अनुसार हराइरहेका घाइते, आरोही गाइड र शेर्पाहरूको खोज तथा उद्धार कार्यका लागि मन्त्रालयबाट पहल भइरहेको छ ।
प्रतिक्रिया