काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफूमाथि कालो दलिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतमाथि कटाक्ष गरेका छन् । विगतमा बैंकका साहुहरुलाई कालो मोसो दल्ने अभियानमा हिँडेका व्यवसायी प्रसाईंमाथि आज अज्ञात समूहले मोसो दलेपछि एमाले कार्यकर्तामाथि आशंक व्यक्त गर्दै चेतावनी दिएका छन् ।
‘हजुरबुबा के पी ओली र कमरेड महेश बस्नेत लगायत सम्पूर्ण एमाले तथा राष्ट्रिय युवा संघ लाई धन्यवाद छ !’, प्रसाईंले सामाजिक संजालमा चेतावी पूर्ण शैलीमा लेखेका छन्, ‘तपाईंहरूले दिनुभएको पैंचो नेपाली जनताले छिट्टै फिर्ता गर्ने छ ! प्रतीक्षा गर्नुहोस् !!’
प्रतिक्रिया