Logo

समाचार

क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

असोजमा दुई पटक पेसी चढे पनि सुनुवाइ स्थगित हुँदै आएको थियो ।

सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्रयाक) तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो। उक्त आदेश दिएको ७ महिना पूरा हुँदा पनि जिल्ला अदालतले अन्तिम फैसला सुनाउन सकेको छैन ।

गौशला–२६ (परिवर्तित नाम) ले सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

प्रकाशित मिति : आश्विन २५, २०८० बिहीबार  ९ : ५० बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।