Logo

प्रमुख समाचार

युद्ध सुरु भएकाे ६ दिनपछि इजरायलबाट नेपाली विद्यार्थी लिएर नेपाल आयाे जहाज



काठमाडाैं । गत शनिबार प्यालेस्टाइनकाे एक सैन्य समूह हमासले अचानक इजरायलमा हमला गरेपछि युद्ध भूमिमा परिणत भएकाे इजरायली क्षेत्रबाट उद्धार गरिएका नेपालीहरुलाई ६ दिनपछि नेपाल लिएर जहाज इजरायलबाट उडेकाे छ ।

तेल-अवीव एयरपोर्टबाट नेपाल एयरलाइन्सको जहाजले नेपाल फर्कन चाहेका नेपालीहरुलाई आज लिएर आएकाे हाे । त्रिभुवन विश्‍वविद्यालय, सुदूरपश्चिमाञ्‍चल विश्‍वविद्यालयलगातबाट लर्न एण्ड अर्न कार्यक्रममा इजरायल गएका विद्यार्थीलगायत युद्धकाे सम्भावित क्षेत्रबाट नेपाल फर्कन चाहेका नेपालीहरुलाई सरकारले आज नेपाल ल्याएकाे हाे । इजरायलमा रहेका विद्यार्थी सुरज भण्डारी, लुइस रिजाललगायतले सुरक्षित राखेकाेमा इजरायल सरकारलाई धन्यवाद व्यक्त गरेका छन् ।

उनीरूले नेपाल एयरलाइन्सको जहाज लिन पुगेसँगै खुशी पनि व्यक्त गरेका छन् । उक्त जहाज आज बिहान ४ बजे उडेको थियो । दुबई ट्रान्जिटपछि जहाज इजरायल पुगेको हो । जहाजमा परराष्ट्रमन्त्री एनपी साउद पनि सवार छन् ।

इजरायलका लागि नेपालका राजदूत कान्ता रिजालका अनुसार पहिलो चरणमा २५३ जना विद्यार्थी फर्काउन लागिएको छ । जहाज आज राति करिब सवा नै बजे काठमाडौं आइपुग्नेछ । इजरायलमा लर्न एण्ड अर्न कार्यक्रममा गएका विद्यार्थीमध्ये १० जना नेपालीकाे निधन भएकाे छ भने एक जना वेपत्ता भएका छन् ।

प्रकाशित मिति : आश्विन २५, २०८० बिहीबार  ४ : ११ बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।