Logo

नेपाली बजारमा आज सुनको मूल्य घट्यो, चाँदीको यथावत



नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ९४ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य बिहीबारको भन्दा २०० रूपैयाँले कम हो ।

यस्तै तेजावी सुन पनि तोलामा २०० रूपैयाँले घटेर तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी प्रतितोला ११८० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार १२:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।