Logo

अन्तर्राष्ट्रिय

गाजामा केही घण्टाका लागि युद्ध विराम हुने



एजेन्सी । गाजामा केही घण्टाका लागि युद्ध विराम हुने भएको छ । समाचार संस्था रोयटर्सका अनुसार युद्ध विरामको समयमा इजिप्टसँगको नाका खुल्ला गरिने छ ।

तर हमसाले भने युद्ध विरामका बारेमा आफूहरुलाई कुनै जानकारी नभएको बताएको रोयटर्सले नै जनाएको छ । सीमा नाका खुल्ला गर्नका लागि अन्तर्राष्ट्रिय सहायता एजेन्सीले इजिप्टमाथि दबाव दिँदै आएका थिए ।

अमेरिकाले शनिबार मात्रै गाजामा रहेका आफ्ना नगरिकलाई सीमा नाका खुल्न लागेको भन्दै तयार रहन र सीमा नजिक जान निर्देशन दिएको थियो ।
नाका खुल्ला भएमा गाजामा रहेका अन्य देशको नागरिकता भएका व्यक्तिहरु निस्कन पाउने छन् ।

यस्तै गाजामा राहत सामग्री र राहतकर्मी प्रवेश गर्न पाउने छन् ।

प्रकाशित मिति : आश्विन २९, २०८० सोमबार  १ : २२ बजे

537
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।