Logo

बसको ठक्करबाट मृत्यु



धनुषाधाम नगरपालिका-९ मालटोलस्थित सडकमा शनिबार राति ना.५ ख ४९६ नम्बरको बसले गोरुगाडालाई ठक्कर दिंदा गाडा चालक हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

बसको ठक्करबाट २ वटा गोरु र एउटा भैंसीको समेत घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार १३:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।