काठमाडौं । युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपालीहरुको उद्धार भएको छ । भारत सरकारको ‘अपरेसन विजय’ अन्तर्गतको उद्धार उडानबाट १८ जना नेपालीहरूको पनि उद्धार भएको भारतका लागि नेपाली राजदूत शंकर शर्माले जानकारी दिए । उनीहरुलाई घरसम्म जान गाडीको व्यवस्था गरिएको राजदूत शर्माले जानकारी दिएका छन् ।
भारतका विदेश मन्त्री डा एसजयशंकरका अनुसार इजराइबाट २८६ जनाको उद्धार गरिएको हो । ‘अपरेसन विजय’ अन्तर्गत भारतले आफ्ना नागरिकलाई धमाधम ल्याइरहेको छ । अक्टोबर १३ मा पहिलो पटक भारतले २११ जना नागरिकलाई ल्याएको थियो ।
यसअघि नेपाल सरकारले काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज इजरायलको तेल अविव पठाएर २५४ नेपालीहरुको उद्धार गरेको थियो ।
प्रतिक्रिया