Logo

समाचार

पर्यटन मन्त्री किरातीद्वारा विराटनगर विमानस्थलका पसल अनुगमन



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुन किरातीले विराटनगर विमानस्थल अनुगमन गरेका छन् ।

बुधबार गृह जिल्ला भोजपुर जाने क्रममा उनले विराटनगर विमान स्थल भित्रका पसलको अनुगमन गरेका हुन् ।

विमानस्थलमा अनुगमनपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने,‘ आफ्नो निकायमा आफैले समस्या हल गर्नको निम्ति सम्बन्धित निकायका कार्यलयका प्रमुखहरुलाई निर्देशन दिन्छु । सबै सामानको मूल्य सूचि निर्धारण गरेर विवरण बुझाउनु पर्यो । ’

उनले यात्रुहरुले पनि एमआरी हेरेर मात्र समान खरिद गर्न आग्रह गरेका छन् । यदि कही कतै एमआरपी भन्दा बढि लिएको पाइएमा सम्बन्धित निकायमा खबर गर्न उनको आग्रह छ ।

त्यसअघि सामाजिक सञ्जालमा मार्फत उनले आफू गृह जिल्ला भोजपुर जान लागेको र आफ्नो स्वागतमा फूलमाला र खादाको झन्झट नगर्ने निर्देशन दिएका छन् । उनले कार्यक्रममा आफू प्रमुख अथिति नबन्ने भन्दै स्थानीय अग्रजलाई प्रमुख अतिथि बनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : कार्तिक १, २०८० बुधबार  १ : ०४ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।