गत कार्तिक ४ गतेदेखि आफ्नो अडानबाट टसमस नभएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पूष्प कमल दाहाल प्रचण्ड आज बालुवाटार गएका छन् । प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीले बारम्बार आफ्ना दूतका रुपमा पार्टीका नेता तथा मन्त्रीहरुलाई खुमलटार पठाएपछि प्रचण्ड आज ओलीलाई भेट्न बालुवाटार गएका हुन् ।
आज हुने छलफलबाट तत्कालको बिवाद समाधान हुने ओली पक्षका नेताहरुले बिस्वास लिएका छन् भने उपलब्धीमा प्रचण्ड पक्ष आशावादी देखिएको छैन । मन्त्रिपरिषद पुनर्गठन, युवराज खतिवडालाई आर्थिक सल्लाहकार र तुरुन्तै अमेरिकाको राजदूत नियुक्ति सिफारिस प्रकरण, रअ प्रमुखसँगको भेटघाट, कर्णाली प्रदेशको पार्टी र सरकार बिवाद प्रकरण तथा पर्साको बिन्दवासीनि गाउँपालिका प्रकरण जस्ता विषयहरुले खुमलटार र बालुवाटारको दुरी दिनका दिन बढि रहेको थियो ।
पार्टीका दुई अध्यक्षबीच तीब्र मतभिन्नता बढेपछि अविस्वासको प्रस्ताव ल्याएर ओली नेतृत्वको सरकार ढाल्न बरिष्ठ नेता माधव कुमार नेपाल सहित प्रचण्ड लागी परेको चर्चा चलेको थियो । ओलीलाई अब कुनै पनि हालतमा सरकारमा बस्न नदिने अडानका साथ प्रचण्ड र नेपाल पक्ष लागि परेको चर्चा चलेसँगै गत मंगलबारदेखि ओलीका दूतहरुले खुमलटारका दौडधुप बाक्लो बनाएका थिए ।
यसरी प्रचण्डलाई फकाउँन खुमलटार धाउँने नेताहरुमा पार्टी महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली तथा दलका उपनेता सुवासचन्द्र नेम्बाङ बढी कस्सिएर लागि परेका हुन् भने दुई अध्यक्ष बीचको बिवाद मिलाउँन भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल समेत काठमाडौंमा आएर लागि परिरहेका छन् । दुई मुख्यमन्त्री दुई अध्यक्षलाई मिलाएर मात्र प्रदेश फर्किने सोचमा छन् ।




















प्रतिक्रिया