Logo

समाचार

तिहार तथा छठ बिदामा मानव अधिकार आयोग खुला रहने



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय तिहार तथा छठको बिदामा पनि खुलने भएका छन् । कार्यालय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने छन् ।

आम नागरिकको मानव अधिकार संरक्षणलाई ध्यानमा राखी विगतमा झै यस वर्ष पनि तिहार र छठको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको कार्यालयका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए ।

यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्नेछ ।

प्रकाशित मिति : कार्तिक २४, २०८० शुक्रबार  ४ : १५ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।