काठमाडाैं । नवलपुरमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । गम्भीर घाइते एक जनाको भरतपुर अस्पतालमा उपचारकै क्रममा ज्यान गएपछि मृतकका संख्या ७ पुगेकाे हाे ।
मृतकमध्ये पाँच जनाको सनाखत भएको प्रहरीले जनाएको छ । जीप चालक बौंदीकाली गाउँपालिका ६ माझडाँडाका २९ वर्षका छनबहादुर आले, सोही वडाको लाहटेकी ५२ वर्षीया कुमारी राना, माझडाँडाकै ५५ वर्षीय टेकमान वानटक्की छन् ।
यस्तै, बुलिङटार ४ चुलिबोझकी १२ वर्षीया करिष्मा ठाडा, मध्येविन्दु २ मदनपुरका १८ वर्षीय चिरन अर्यालको पनि पहिचान खुलेको छ । प्रहरीका अनुसार दुई जनाको पहिचान हुन बाँकी छ ।
प्रतिक्रिया