Logo

अन्तर्राष्ट्रिय

गाजा बाहिर १ हजार ५७० आतङ्ककारी कब्जामा



एजेन्सी । गाजामा युद्ध शुरु भएदेखि यता जुडिया र सामरियाभरि लगभग १ हजार ५७० आतङ्कवादीहरूलाई कब्जा गरेको छ । तीमध्ये लगभग ९५० आतङ्कवादी सङ्गठन हमाससँग सम्बन्धित छन्।

शिन बेटको निर्देशनमा सामरियाको बुर्का गाउँमा आतङ्कवादी टोलीलाई विफल पारेको बताएको छ । यसैगरी ३४ वर्षीय आतङ्कवादी मेनेसर सिफले हातमा बम लिएर भाग्ने प्रयास गर्दे गरेको बेला सेनाको आक्रमणमा मारिएका थिए । उनी सोही गाउँका बासिन्दा थिए जसलाई इजरायलले १७ वर्षसम्म कैद गरेको थियो ।

सेनाले उनको घरको छतमा भेटिएका विस्फोटक पदार्थहरूलाई ध्वस्त पारेको थियो। सेनाले आतङ्कवादी टोलीको कब्जामा रहेका हतियारहरू पनि बरामद गरेको छ।

सेनाले हेब्रोन शहरमा अपरेसनमा क्रममा लडाकुहरूले हतियार उत्पादनका लागि प्रयोग गर्ने गरेका चारवटा मेसिनहरू पनि जफत गरेको थियो ।

त्यसैगरी जेनिन शहरमा आतङ्कवाद विरुद्धको इन्जिनियरिङ अपरेशनमा आतङ्ककारीहरूले सेनालाई गोली हान्दा जवाफी फायर गर्दा एकजना आतङ्ककारी मारिएका छन्।

प्रकाशित मिति : कार्तिक २६, २०८० आईतबार  १० : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।