काठमाडौं । सरकारले भूकम्प पीडितहरुलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्ण र आंशिक क्षति भएका घरपरिवारलाई प्रति घर ५० हजार रुपैयाँ दिने निर्णय भएको भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।
सरकारले यसअघि भूकम्पमा परी ज्यान गुमाएकाहरुलाई २ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त रकम भूकम्प पीडितहरुलाई वितरण गर्ने क्रम जारी छ ।
प्रतिक्रिया