काठमाडौं । नेपाल प्रहरी श्रीमती संघले भूकम्प पीडितको सहयोगार्थ ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँको चेक हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले संघको तर्फबाट उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् । चेक हस्तान्तरणको अवसरमा संघका अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।
जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषको लागि उक्त रकमको चेक हस्तान्तरण गरिएको उक्त संघले जनाएको छ ।
प्रतिक्रिया