Logo

राजनीति

स्थायी कमिटीको बैठकका एजेन्डा तय गर्न ओली-प्रचण्डबीच भेटवार्ता



सत्तारढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नेकपा स्थायी कमिटी बैठकबारे एजेन्डा गर्न अध्यक्षद्वय ओली प्रचण्डबीच भेटवार्ता भएको हो । 

शुक्रबार तय गरिएको नेकपा स्थायी कमिटी बैठकबारे एजेन्डा तय गर्न अध्यक्षद्वय ओली प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिएका छन् ।

गत१३ साउनदेखि पटक–पटक स्थगित भएको स्थायी कमिटी बैठक शुक्रबार ९२६ भदौ० डाकिएको छ । 

प्रकाशित : २४ भाद्र २०७७, बुधबार