Logo

राजनीति

नेकपामा गम्भीर सङ्कट उत्पन्न भएकाे महासचिव विष्णुकाे भनाइ



नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पाैडेलले पार्टीमा गम्भीर सङ्कट उत्पन्न भएकाे  बताएका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमा उहाँले नेकपाकाे एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर सङ्कट उत्पन्न भएकाे बताएकाे हाे । उनले ट्वीटमा भन्नुभएकाे छ, ‘आपसी अन्तर्विरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताकाे रक्षाका लागि याेगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समझ अनुराेध गर्दछु ।

Capture.JPG

केही दिनयता नेकपाभित्र कर्णाली विवाद, राजदूत नियुक्तिलगायतका विषयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्षले एकलाैटी निर्णय गरेकाे भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउँदै आएका थिए  । 

दुई अध्यक्षबीच दुरी बढ्दै गएपछि विभिन्न नेताहरुलाई दूत बनाएर छलफल अघि बढाउने काम भइरहेकाे छ । यसैबीच शनिबार दुई अध्यक्षबीच झण्डै दुई हप्तापछि भेट भए पनि सकारात्मक नभएकाे बताइएकाे छ ।

प्रकाशित : १६ कार्तिक २०७७, आइतबार