Logo

राजनीति

पार्टी कुनैपनि हालतमा नफुट्ने प्रधानमन्त्री ओलीको दावी



प्रधानमन्त्री केपी शर्मा ओलीले भने पार्टी कुनैपनि हालतमा नफुट्ने दावी गर्नुभएको छ ।आइतबार ललितपुरको गोदावरीमा अन्तर्राष्ट्रिय सभाहलको निरिक्षण गर्न पुग्नुभएका प्रधानमन्त्री ओलीले पार्टी फुट्ने संकेत नभएको बताउनु भएको हो ।

उहाँले पार्टीको विषयमा छलफल भएपनि उक्त छलफल कर्णाली प्रदेश सरकारको विषयमा केन्द्रित भएको जिकिर गर्नुभयो ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीको विषयमा भइरहेका छलफलको विषयमा आफुले सोधेको भन्दै प्रधानमन्त्री ओलीले पार्टीलाई ठीक ढंगले अगाडि बढाउनुपर्छ भन्ने विषयमा केन्द्रित भएर छलफल भएको बताउनु भयो ।

उहाँले बाहिर आए जस्तो केही कुरा नभएको दावी गर्दै पार्टी एकढिक्का रहनेमा विश्वास गर्न पनि कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आईतवार २३:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।