Logo

राेजगार

पारिश्रमिक बृद्धि गर्न माग गर्दै श्रमजीवी पत्रकार संघद्वारा साताब्यापी आन्दाेलनकाे घाेषणा



काठमाडाैं । श्रमजीवी पत्रकार संघले पारिश्रमिक बृद्धि गर्न माग गर्दै साताव्यापी आन्दाेलनकाे घाेषणा गरेकाे छ ।

संघले पाँच वर्षदेखि नबढेकाेे श्रमजीवी पत्रकारहरुकाे तलब सुविधा बढाउन माग गरेकाे हाे । एक विज्ञप्ति जारी गर्दै संघले गएकाे मंसिर २५ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पारिश्रमिक बढाउन बुझाएकाे पत्रकाे कार्यान्वयन नभएकाे भन्दै संघले आन्दाेलनका कार्यक्रमकाे घाेषणा गरेकाे जनाएकाे छ ।

विज्ञप्तिमा भनिएकाे छ, ‘……. श्रमजीवी पत्रकारहरुको ५ वर्षदेखि बृद्धि नभएको पारिश्रमिक तत्काल वृद्धिको मागसहित हाम्रा नौ बुँदे माग सम्बोधनका लागि गत मसिर २५ गते सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई २०८० मंसिर २५ गते शुक्रबारसम्मको अल्टिमेटम दिई पत्र बुझाइएको यहाँहरुलाई अवगत नै छ। मन्त्रालयलाई हामीले बुझाएको ध्यानाकर्षण यो पहिलो होइन। पटकपटक श्रमजीवी पत्रकार, कर्मचारी, कामदारको न्यूनतम पारिश्रमिक वृद्धिका लागि पहल भए पनि सरकारले यो मितिसम्म कार्यान्वयन नगरेको हुँदा यो पटक पनि गर्छ भन्ने विश्वास छैन । तर हाम्रो संगठन यो पटक न्यूनतम पारिश्रमिक वृद्धि गराएर छाड़ ने प्रतिबद्धता साथ अघि बढेको छ। दिएको अल्टिमेटम आजसम्म माग सम्बोधनका लागि कुनै छनक नदेखिएकाले शुक्रवार बसेको संगठनको केन्द्रीय समिति बैठकले दबाबस्वरुप तल उल्लेखित साताव्यापी आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको छ।’

संघका आन्दाेलनका कार्यक्रमहरु यस्ता छन्

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार १७:३९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।