काठमाडौं । चलेको ट्रेण्ड पछ्याउने र फ्यान्सी एआई चित्रहरू प्रयोग गर्ने आजको संसारमा यामाहा भने केही फरक दिशामा अगाडि बढेको छ ।
एआई मार्फत् उत्पन्न गरिएका चित्र र बनावटी दृश्यहरूले इन्टरनेट भरिइरहँदा यामाहाले भने #KeepingItReal अभियान मार्फत् वास्तविक बाइकरहरूको सम्मान गर्दै उनीहरूका वास्तविक सवारी अनुभवहरूको चर्चा गर्ने पहलकदमी लिँदैछ ।
सामाजिक सञ्जालहरूमा एआई-जेनरेट गरिएका तस्बिरहरूको बाढी आएको समयमा यामाहा भने बाइकरहरूको वास्तविक भावनासँग एकाकार हुनका निम्ती अलग्गै उभिएको छ ।
बाइकिङको भावनाले डिजिटल ट्रेण्ड र कृत्रिम सौन्दर्यलाई पराजीत गर्छ भन्ने विश्वासको प्रमाण हो यामाहाको #KeepingItReal अभियान । बनावटी भिजुअलहरूको लोभमा नपरी राइडरहरूलाई उनीहरूको वास्तविक र फिल्टर नगरिएका बाइकिङ अनुभवहरू बाँड्न यामाहा प्रोत्साहन गर्दछ ।
यामाहा केवल एक ब्रान्ड नभई बाइक राइडिंगप्रतिको साझा प्रेमद्वारा सिर्जित विश्व समुदाय हो । राइडर र मेसिनबीचको सम्बन्ध, खुला सडकप्रतिको उत्साह र साथी बाइकरहरूबीचको सद्भाव नै यामाहाको खास आत्मा हो । #KeepingItReal यही भावनाको सम्मानका खातिर गरिएको एक आव्हान हो भने उत्साहीहरूलाई यामाहासँगको सवारी अनुभव परिभाषित गर्ने प्रमाण प्रदर्शन गर्न आग्रह पनि हो ।
यामाहा राइडरको रूपमा ग्राहक ब्रान्डको अंश मात्र नभई बाइकिङको वास्तविक सारलाई महत्त्व दिने विश्वव्यापी समुदायको एक सदस्य पनि रहेको यामाहाले जनाएको छ ।
रियल राइड, रियल स्टोरिज: यामाहाको #KeepingItReal अभियानप्रयोग गरेर आफ्ना फिल्टर नगरिएका वास्तविक राइडिंगका पलहरू शेयर गरेर यस अभियानमा सामेल हुन ग्राहकहरुलाई यामाहाले आग्रह गरेको छ । हावाले उडाएको कपाल होस् कि प्राकृतिक दृश्यहरू वा यामाहामा यात्रारत क्षणको शुद्द आनन्द, ग्राहकहरुले आफ्ना वास्तविक तस्विरहरू मार्फत् संसारलाई सवारीको वास्तविक सौन्दर्य देखाउन सक्ने छन् । #KeepingItRealअभियान बाइकरहरूका लागि उनीहरूकै अनौठा कथाहरू साझा गर्ने प्लेटफर्म हो ।
यामाहा सम्पूर्ण राइडरहरूलाई आफ्ना वास्तविक तस्वीर र बाइकिङको हृदय र आत्मालाई स्पर्श गर्ने अनुभवहरू ह्याशट्याग सहित पोस्ट गरेर कथामा योगदान दिन प्रोत्साहन गर्दछ । यो प्रत्येक सवारको व्यक्तित्व झल्काउने र यामाहाको ब्यानरमुनि वहाँहरूलाई एकताबद्ध गर्ने सामूहिक जोशको उत्सव समेत हो ।
एआई उत्पन्न भिजुअलहरूबाट अघाइसकेको डिजिटल परिदृश्यमा यामाहाको #KeepingItReal अभियान बाइकिङको प्रामाणिक भावनाको सम्मानका लागि स्फूर्तिका साथ उभिएको छ। यो चलेका ट्रेण्डहरुलाई अस्वीकार गर्न र राइडिंगको वास्तविक अनि फिल्टर नगरिएको सुन्दरतालाई अँगाल्न विश्वभरका सवारहरुलाई गरिएको आव्हान हो । #KeepingItReal #RealSpiritOfYamaha
प्रतिक्रिया