काठमाडौं । भुकम्प पीडितको लागि तरुण दल जाजरकोटमा आज दोश्रो दिन खटिएको छ ।
तरुण दलले जाजरकोटमा ३० ओटा घरको संरचना तयार पारेको छ । भेरी नगरपालिकाको वडा न.१, ३ र ४ मा उक्त संरचना निर्माण गरिएको तरुण दल केन्द्रिय अध्यक्ष विद्वान गुरुङले जानकारी दिए ।
स्थानिय बासिन्दाको पछिल्लो शारीरिक अवस्थाको बुझ्दै चिसो मौसमले स्थानिय बासिन्दाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुदाँ आवास निर्माणको कार्यलाई तिव्रताको साथ अघि बढाउन अध्यक्ष गुरुङले केन्द्रिय सदस्यहरुलाई निर्देशन दिए ।
भोलिदेखि ३० ओटा घरमा जस्ता छाउने कार्य गरी पहिलो लटमा पुर्ण रुपले ३० ओटा घर निर्माण सम्पन्न गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतिक्रिया