Logo

रोजगार

आयल निगमकाे कार्यकारी निर्देशकका लागि आवेदन माग



काठमाडौं । नेपाल आयल निगम लिमिटेडले कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको छ। निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले खुल्ला प्रतिस्पर्धामार्फत पदपूर्ति गरिने जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिम योग्यता पुगेकाले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

योग्य र इच्छुक नेपाली नागरिकले २१ दिन भित्र मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरबार, काठमाडौंमा दरखास्त दिन सक्नेछन् ।

 

प्रकाशित मिति : पुष ७, २०८० शनिबार  ९ : २७ बजे

324
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।