Logo

प्रमुख समाचार

विराटनगरमा आज राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन गरिने



विराटनगर। राष्ट्रपति रामचन्द्र पौडेल आज (शनिवार) विराटनगर जाने भएका छन्।राष्ट्रपति पौडेलले नेपाल उद्योग परिसंघ कोशीले आयोजना गर्ने प्रजातन्त्र सेनानीको सम्मान तथा उद्योगीको भेलाको उद्घाटन गर्ने कार्यक्रम छ।

नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन समेत हुने संघका कोशी प्रदेश अध्यक्ष भीम घिमिरेले बताए ।
त्यसका लागि पौडेल बिहान ११ बजे विराटनगर पुग्ने छन् । उनले विराटनगरस्थित होटल सिटी प्यालेसमा केही समय भेटघाट समेत गर्नेछन्।राष्ट्रपति पौडेल आजै काठमाडौं फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : पुष ७, २०८० शनिबार  ११ : ३५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।