Logo

प्रमुख समाचार

नयाँ बसपार्कमा बालिकालाई यौनकार्यमा लगाउने पक्राउ



काठमाडौं । बालिकालाई यौनजन्य कार्यमा लगाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

टोखा नगरपालिका-९ नयाँबसपार्क बस्ने नुवाकोट तादी गाउँपालिका-६ घर भएका २४ वर्षीय सुमन तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

तामाङले नयाँबसपार्कमा रहेका बिभिन्न होटल तथा गेष्ट हाउसहरुमा बालिकाहरुलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेका थिए ।

प्रहरीले यौनजन्य कार्यमा लगाइएका ४ जना बालिकाहरुलाई उद्धार समेत गरेको छ ।

तामाङविरूद्व मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ पुष २०८०, शनिबार १७:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।