Logo

समाचार

प्राधिकरणले काट्यो बक्यौता नतिरेका यी ४ उद्योगको लाइन



काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै चार ठूला उद्योगको बिजुली काटेको छ । जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुली लाइन काटिएको प्राधिकरण स्रोतले जनाएको छ ।

प्राधिकरणका अनुसार जगदम्बाले डेडिकेटेड लाइनको चार अर्ब १४ करोड रूपैयाँ तिर्न बाँकी छ । त्यस्तै रिलायन्सले एक अर्ब ९४ करोड रूपैयाँ र घोराही सिमेन्टले एक अर्ब ३६ करोड रूपैयाँ तिर्न बाँकी छ ।

अर्घाखाँचीको एक अर्ब ३० करोड बक्यौता रहेको प्राधिकरणले जनाएको छ । यी उद्योगको लाइन शुक्रबारै काटिएको हो। बक्यौता तिरेपछि मात्रै बिजुली पठाउने प्राधिकरणको भनाइ छ ।

प्रकाशित मिति : पुष ७, २०८० शनिबार  ७ : ३५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।