Logo

प्रमुख समाचार

धनगढीका मेयर गोपाल हमालविरुद्ध सर्वोच्चमा मुद्दा दायर



धनगढी- धनगढीमा जग्गाको प्लटिङ गर्दा सडकको चाडाई कम्तिमा १० मिटर अनिवार्य हुने कार्यविधिविरुद्ध मुद्दा दायर गरिएको छ।

धनगढी उपमहानगरपालिका तथा नगर प्रमुख गोपाल हमाललाई विपक्षी बनाएर जग्गा कारोबारीले मुद्दा दायर गरेका हुन्। उपेन्द्रप्रसाद अवस्थीले मुद्दा दायर गरेका छन्। साथै प्रतिवादी नगर प्रमुखलाई पौष ११ गतेका दिन पेशी समेत पत्रमा तोकिएको छ।

जग्ग्गा प्लटिङ सम्बन्धी कार्यविधिको प्रस्तावनामा ‘जग्गा खण्डीकरण, जग्गा विकास तथा प्लटिङलाई अनिवार्य व्यवस्थित गर्नुपर्ने भई धनगढी उपमहानगरपालिकाको सहरी योजना तथा भवन निर्माण मापदण्ड, २०८०, बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा ५ को खण्ड (क) लाई समेत आधार बनाई धनगढी उपमहानगरपालिकाले ‘धनगढी उपमहानगरपालिका जग्गा प्लटिङ सम्बन्धी कार्यविधि, २०८० बनाई लागु गरिएको छ’, भन्ने उल्लेख छ।

तर, जग्गा कारोबारीहरूले कार्यविधि गलत भएको र यसले धनगढीको विकास अवरुद्ध हुने भन्दै मुद्दा दायर गरेका छन्।

प्रकाशित मिति : पुष ८, २०८० आईतबार  १ : ०३ बजे

231
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।