व्यवसायको लागि तत्परता र कार्यकुशलता निर्धारण गर्ने आधार उमेर होइन्। उद्यमशीलता त व्यक्तिगत परिपक्वता, कौशलता, लगन र सामर्थ्यमा निर्भर हुन्छ।
हामीले धेरै यस्ता उद्यमीहरू देखेका छौं, जसले कलिलो उमेरदेखि नै व्यवसाय सुरु गरेर व्यावसायीक सफलता हासिल गरिरहेका छन्। त्यस्तै एक उद्यमी हुन्, ओखलढुंगाका २१ वर्षीय अनिश गुरुङ।
अनिश आफ्नै उद्यम गरेर बसिरहेका छन्। सिनामंगलमा `लाफिङ हाउस’ खोलेका अनिश मनग्य आम्दानी गरिरहेका छन्। लाफिङ तिब्बतीयन फूड हो। `लाफिङ’ तिब्बतबाट नेपाल भित्रिएको परिकार मानिन्छ, जो चाइनिज फूड परिकार अन्तर्गत पर्दछ। बौद्ध र स्वयम्भूमा बस्ने तिब्बती एवं हिमाली क्षेत्रका बासिन्दाले यसलाई सहरमा व्यावसायिक रूपमा चिनाएका हुन्। यो परिकार विशेषगरी बौद्धतिर बनाइने गरिन्छ। यो मैदाबाट बनेको परिकार हो। थोरै स्पाइसी भएको हुँदा यसलाई ग्राहकहरूले धेरै रुचाएको पाइन्छ।
मध्यम वर्गीय परिवारमा हुर्किएका अनिशमा सानैदेखी उद्यमशील बनुनु पर्छ भन्ने सोच थियो। उनले `ग्रामर कलेज’बाट होटेल म्यानेजमेन्टमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन्। बिचमा उनले कुनै क्याफेमा काम पनि गरेका थिए। जहाँबाट उनलाई `लाफिङ’ले राम्रो बजार बनाउन सक्छ भन्ने लाग्यो, त्यसयता लाफिङ हाउस खोल्ने सोच बनाए।
र, १५ लाखको लगानीमा २०७९ पुस २ गते लाफिङ हाउस खोले। लाफिङ बनाउने व्यवसाय सुरु गरे। उनले सुरुवाती दिनहरूमै राम्रो आम्दानी गर्न थाले, जुन पैसाबाट उनलाई ऋण तिर्न पुन्थ्यो।
अनिशले उद्यम गर्ने सोच त बनाए, तर पैसा भने थिएन। उनले परिवारमा आफ्नो कुरा राखे। उक्त उद्यमबाट अनिशले सोचेजस्तो आम्दानी गर्न सक्लान/नसक्लान् भन्ने डर पनि परिवारमा थियो। उनले परिवारलाई व्यवसायमा लाग्ने पुँजी जुटाइदिन आग्रह गरे। खेतिपातिमा निर्भर, मध्यम वर्गीय परिवारको लागि रकम जुटाउन ऋणबाहेक अर्को विकल्प थिएन। उनको परिवारले केही रकम आफन्तहरूबाट, केहि सहकारी र केही बैंकदेखि जुटाए।
कामले राम्रो गर्न सक्ने विश्वास भए पनि अनिशलाई ऋण लिन डर थियो। ऋण लिएरै भए पनि सिनामंगलमा उनले एक सटर भाडामा लिए। र, १५ लाखको लगानीमा २०७९ पुस २ गते लाफिङ हाउस खोले। लाफिङ बनाउने व्यवसाय सुरु गरे। उनले सुरुवाती दिनहरूमै राम्रो आम्दानी गर्न थाले, जुन पैसाबाट उनलाई ऋण तिर्न पुन्थ्यो।
अहिले उनको व्यवसाय निकै फस्टाइरहेको छ। ओखलढुङ्गा घर भएका अनिशको परिवार अहिले पेप्सीकोलामा बसोबास गर्दै आइरहेको छ। अनिशले गरिरहेको व्यसायमा उनको परिवारले पनि सहयोग गर्दै आइरहेको छ।
अनिशले लाफिङ हाउसमा बर्गर र चाउमिन पनि बनाउने गरेका छन्। अहिले उनको दैनिक आम्दानी २५ देखी ३० हजारसम्म हुने गरेको छ। व्यवसाय गर्न लिएको ऋण उनी ९ महिनाभित्र नै तिर्न सफल भए। यतिबेला लाफिङ हाउसमा उनले ७ जनालाई रोजगारी दिइरहेका छन्।
अहिले देशमा केही छैन भनेर विदेशीनेहरूको संख्या दिनानुदिन बढ्दो छ। तर, अनिश भने देशमै उद्यम गरेर बसिरहेका छन्।
अनलाइन पानाले अनिशलाई बिदेश जान मन लाग्छ ? भनेर सोध्दा जवाफमा उनले भने- ‘अहिले म यही उद्यमलाई अगाडी बढाइरहेको छु। व्यवसाय व्यवस्थित भयो भने घुम्न जाने रहर भने छ। अहिले मेरै साथीहरू कती विदेश गइसके भने कोही जाने तयारी गरिरहेका छन्। तर, आफूसँग सिप छ भने स्देशमै केही गर्न सकिन्छ। पैसा कमाउन विदेशीनै पर्छ जस्तो भने मलाई लाग्दैन।’
अनिशलाई आफ्नो व्यवसाय अझैँ राम्रो बनाउने सोच छ। यती मात्र नभई अन्य थप खाजाका परिकारहरू पनि बनाउने सोचमा अनिश छन्। आफ्नो सर्भिसबाट ग्राहकहरू पनि निकै सन्तुष्ट रहेको उनले बताए।
प्रतिक्रिया