Logo

समाचार

नवलपुरमा घाँस काट्न गएका सासु-बुहारीको बाघको आक्रमणबाट मृत्यु



पोखरा- नवलपुरमा बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ। साथीहरूसँग घाँस काट्न गएका उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घाँस दाउरा लिन आइतवार दिउँसो जंगल गएका उनिहरू अवेरसम्म पनि घर नफर्केपछि खोजी गर्ने क्रममा बाघको आक्रमणमा परेको अवस्थामा भेटिएको थियो।

मृत्यु हुनेमा सासु ५९ वर्षकी मनादेवी पौडेल र बुहारी २८ वर्षकी बिष्णु पौडेल छन्। घटनामा थप अनुसन्धान भैरहेको नवलपुर प्रहरीले जनाएको छ।

उनीहरूको शव सडकबाट एक किलोमिटर भित्र विनयी सामुदायीक वनमा फेला परेको हो।

प्रकाशित मिति : पुष ९, २०८० सोमबार  ८ : ०१ बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।