Logo

समाचार

चाड–पर्वहरुले सामुहिक एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याउँछः देउवा



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले चाड–पर्वहरुले सामुहिक एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याउँने बताएका छन्।

सभापति देउवाले ईसाई धर्मावलम्वीहरुको पर्व ‘क्रिसमस डे’ को उपलक्ष्यमा सम्पूर्ण ईसाई धर्मावलम्वीहरुमा सुख, शान्ति एवं समृद्धिको कामना गरेका छन्।

पर्वको उपलक्ष्यमा सुभकामना सन्देश जारी गर्दै उनले विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको मुलुक बताउँदै यी प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजहरुलाई सबैले आदर र सम्मान गर्नुपर्ने बताएका छन्।

पालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन्।

‘क्रिसमस डे’ को अवसरमा सरकारले सोमबारका लागि सार्वजनिक बिदासमेत दिएको छ।

अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन्।

प्रकाशित मिति : पुष ९, २०८० सोमबार  ८ : ३१ बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।