Logo

प्रमुख समाचार

मध्यरातमा पोखरामा ठड्याइयो पूर्वराजा वीरेन्द्रको सालिक



पोखरा । पोखराको वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्र साहको सालिक पुनःस्थापना गरिएको छ ।  सालिक पुनःस्थापना समितिले राति पौने २ बजेतिर  सालिक पुनःस्थापना समितिले राति पौने २ बजेतिर सालिक ठड्याइएको हो ।  ठड्याइएको हो ।

सालिक पुनर्निर्माण समितिले मध्यरातमा करिब ८ फिट अग्लो ढलोटको सालिक राखेको हो । समितिका सचिव अरुण गिरीले भने, ‘साइत हेराएर राति साढे एक/पौने २ बजेतिर सालिक पुनर्स्थापना गरिएको हो ।’ सुरुमा २०५९ सालमा क्षेत्रबहादुर केसीले राखेको सालिक २०६२–०६३ को जनआन्दोलनको क्रममा फालिएको थियो ।

पछिल्ला समय स्थानीयले चोक बुच्चो भयो, सालिक हुनुपर्छ भनेपछि मनवीर गुरुङको अगुवाइमा सालिक पुनर्निर्माण समिति बनाएर काम गरेको गिरीले बताए । सालिक राखेपनि अरु काम बाँकी नै रहेको भन्दै गिरीले भने, ‘२०/२५ लाख बजेट लाग्ने अनुमान छ ।’

प्रकाशित मिति : पुष ९, २०८० सोमबार  २ : १९ बजे

456
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।